काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ । यीमध्ये १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप २ सय ४८ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका २ सय ४८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६७ हजार ८ सय १२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कुनै व्यक्तिको ज्यान गएको छैन । मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ जना पुगेको छ ।








