देश

कात्तिक २० मा काठमाडौंमा प्रदर्शनका लागि विप्लवको आह्वान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवाद र स्वाधीनताको पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

नेकपाको हालै सम्पन्न बैठकले राजधानी काठमाडौंमा बृहत् जनसभा गर्ने निर्णय गरेको हो। विप्लवले उक्त जनसभामा देशको स्वाभिमान, स्वाधीनता र उन्नतिका लागि समाजवाद पक्षधरहरू एकजुट हुनुपर्ने बताएका छन्।

उनका अनुसार, देशको परिवर्तन बाह्य शक्तिबाट होइन, नेपालीहरूकै हातबाट सम्भव छ। उनले भने, “नेपाललाई हामी आफैंले चलाउनुपर्छ। जब भ्रष्टाचार, तस्करी र दलाल प्रवृत्ति अन्त्य हुन्छ, तबमात्र देशले आत्मसम्मानसहित प्रगति गर्छ।”

विप्लवले कात्तिक २० गते काठमाडौंमा हुने जनसभामा सहभागी भई “स्वाधीनता र समाजवादको पक्षमा आवाज उठाउन” सबैलाई आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *