देश

सुशासन समितिको सभापति चयन भदौ ११ मा, दिलेन्द्र बडूलाई अघि सार्ने कांग्रेसकाे तयारी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद पूर्ति गर्न भदौ ११ गते निर्वाचन हुने भएको छ। सभामुख देवराज घिमिरेले बुधबार निर्वाचन मिति घोषणा गरेपछि संघीय संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले सांसद दिलेन्द्र बडूलाई सभापति पदका लागि उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ। यसअघि संघीय निजामती सेवा विधेयक निर्माण प्रक्रियामा ‘कुलिङ अफ पिरियड’ को प्रावधानसम्बन्धी विवादका बीच समितिले नैतिक जिम्मेवारी तोकेपछि तत्कालीन सभापति रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था छ। यसै प्रावधानअनुसार अब रिक्त पदमा नयाँ सभापति चयन हुने भएको हो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *