देश

नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा ,को–कहाँ परे ?

काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले जानकारी दिए । यसअघि उनीहरु फरक फरक जिम्मेवारीमा रहेका थिए । यसअघि ज्ञवाली सीआईबी प्रमुखमा थिए । यस्तै थापा उपत्यका प्रहरी कार्यालयमा थिए भने बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् । जोशी भने भर्खरै बढुवा भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *