देश

सीमलताल दुर्घटना अपडेट : थप दुइटा शव फेला

काठमाडौं । पूर्वी नवलपरासी गैंडाकोट नागरपालिका – ७ तर्फ दुई जना पुरुषको शव भेटिएको छ । नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र अर्को शव पानीमा तैरिएको अवस्थामा भेटिएको हो ।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको र अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुुुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु भएको या नभएको पुष्टि हुन सकेको छैन् ।

यसअघि पश्चिम चितवनको गोलाघाटको नारायणी नदीबीचमा एक व्यक्तिको शव भेटिएको थियो । उनी भारत बिहारका ऋषिपल साह भएको पुष्टि भइसकेको छ । शुक्रबार काठमाडौंबाट हिँडेको प्रदेश ३– ००१ ख २४९५ नम्बरको गणपति ट्राभल्सको बसमा जोरपाटीबाट चढेका उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *