देश

प्रेमिकासँग वैवाहिक बन्धनमा बाँधिए विमल

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर प्रेमिका लिना प्रधानसँग वैवाहिक बन्धनमा बाँधिएका छन् ।

विमल आइतबार एक मन्दिरमा परिवारजनको उपस्थितिमा वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

विमल र लिनाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।

विमलले पछिल्लो पटक एएफसी कप छनोटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसीविरुद्ध गोल गर्दै प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गरेका थिए ।

विमलको राष्ट्रिय टिममा सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *