देश

बालुवाटार पुग्यो काठमाडौं महानगरीय प्रहरी टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको हो ।

महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललिता निवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो । यस्तै महानगरले ललिता निवास संरक्षण गर्नु महानगरको दायित्व भएको समेत जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *