संकल्प खबरले विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म देशभरीमा भएका १० मुख्य समाचार तयार पारेको छ ।
दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि असार १५ गते कोशी प्रदेश सरकारदेखी हेटौँडा बस दुर्घनासम्मका समाचार संग्रहका रुपमा संकल्प विशेष १० मुख्य समाचार तयार पारिएको हो ।
हेर्नुहोस आज देशभरी घटेका संकल्प विशेष १० मुख्य समाचार
अन्तत : कोसीमा ढल्यो एमाले सरकार
काठमाडौं । एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्व सरकार ढलेको हो ।
बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत नै खसेको छ । जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।
कार्की पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । गठबन्धन घटकमा रहेको अब कसको सरकार बन्छ भन्ने अन्योल छ ।
२७ घण्टापछि नारायणगढ सडकखण्ड संचालनमा
नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ ।
मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्चालनमा आएको हो ।यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध भएको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ ।
मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्चालनमा आएको हो ।यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध भएको थियो ।
अनुकूलित कृषकमैत्री प्रविधि,भन्ने नारासहित धान दिवस सम्पन्न
आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइएको थियो । धान दिवसका अवसरमा देशभरी आयोजना गरिएको रोपाइँलगायतका कार्यक्रम शिर्ष दलका नेताहरुले समेत सहभागिता जनाएका थिए ।
पोखरामा अन्तरप्रदेश मुख्यमन्त्रीहरुको बैठक
गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा भएको छ ।
बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले प्रदेशमा प्रहरी समायोजन नहुँदाको समस्या भएको ,निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने,संघ र प्रदेशका साझा अधिकारबारे स्पष्ट हुनुपर्ने लगायतका १७ वटा साझापत्र जारी गरेका हछबैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थिति जनाएका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने बैठकमा उपस्थित भएका थिएनन् ।
गोपाल खड्का अकुत सम्पत्तिमा दोषी ठहर, सबै सम्पत्ति र श्रीमतीको नाममा रहेको जग्गा जफत हुने
विशेष अदालत काठमाडौंले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानुनी आर्जनको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा.खुसी प्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गर्दै ९ करोड १९ लाख रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको हो।
ललिता निवास प्रकरणमा कारण देखाउ आदेश जारी
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधिश डा कुमार चुडालको इजलासले शुक्रबार ललिता निवास प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको होे ।
यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय
सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन) नियमावली, २०८० स्वीमृत गर्ने निर्णय भएको जानकारी दिइन्।
बैठकले सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्त बनेको विधेयकको अवधारणापत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
जलहरीमा कुँदिएको विद्यादेवी भण्डारी, ओलीसहितको नाम हटाइयो
पशुपतिनाथको सुनको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी ओलीसहितको नाम हटाइएको छ । जलहरी पुनस्र्थापन गर्नेक्रममा बिहीबार बिहान साढे ४ बजे सबैको नाम हटाइएको विशेष स्रोतले जानकारी दिएको छ ।
जलहरी पुनस्र्थापना गर्नुअघि कुँदिएका १३ जनाको नाम हटाउने कि नहटाउने भन्ने विषयमा निकै गलफत्ती भएको थियो ।
हेटौंडामा बस दुर्घटना :३७ जना घाइते
हेटौंडा–११ नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन् ।
नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खसेको हो । घाइतेमध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
‘बस आफैं अनियन्त्रित भएर सडबाट तल खसेको थियो ।




