काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले आर्थिक वर्ष २०८०/०८१ को बजेटका बिषयमा उठेका प्रश्वहरुको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ खेलकुदमन्त्री लिम्बुले दिएका हुन् ।
गत जेष्ठ १५ गते अर्थमन्त्रि महतले प्रस्ताव गरेको बजेटमाथि युवा तथा खेलकुद मन्त्रालयमा विभिन्न सांसदहरुले राखेको प्रश्नको जवाफ दिने कार्यतालिका गत ३२ गते थियो । तर श्रीलङकामा एन्टी डोपिङसंग सम्बन्धित खेलकुदमन्त्रीहरुको सम्मेलन भाग लिन खेलकुदमन्त्री गएपछि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ आइतबार दिएका हुन् ।
खेलकुद क्षेत्रसंगसम्बन्धित ६ साँदले उठाएका प्रश्नहरुको जवाफ यस्ता छन् :
नेपाल मजदुर किसान पाटी सांसद प्रेम सुलवालको प्रश्न : ३० /३५ प्रतिशत दुव्र्यसनी लागेको हो की होइन ? बजेट खोइ ? सैनिक तालिम दिने योजना छ कि छैन ?
प्रेम सुलवालको प्रश्नमा खेलकुद मन्त्रीले कति प्रतिशत युवा दुव्र्यसनी लागेको एकिन नभएको तर कोशिस गर्ने बताए । यस्तै सैनिक तालिम दिने व्यावस्था नभएको उनको भनाइ छ ।
सांसद प्रतिक्षा तिवारीको प्रश्न : चारवटा क्षेत्रमा मात्र बजेट छ सन्तुलन भयो कि भएन? बजेट माग गर्नुपर्दैन? बजेट असन्तुलित छ नी भन्ने प्रश्नको जवाफ दिदै मन्त्रिले भने,‘ढिलो आएको मन्त्री भएपनि बजेट प्रयाप्त मागेको छु ।’ उनले बजेट विनियोजनका लागि अर्थमन्त्रीसमक्ष बजेट मागेको तर बजेट नआएको बताउँदै यस विषयमा अर्थमन्त्री तथा प्रधानमन्त्रीसँग छलफल गरेर सुझाव गर्दै बजेट थप्नुपर्ने कुरा जानकारी गराए ।
खेलकुदमन्त्री लिम्बुले अर्थमन्त्रीले ल्याएको बजेटले देशलाई अगाडी बढाउन नसक्ने उल्लेख गर्दै सांसदहरुले उठाएको प्रश्नमा आँफू सकरात्मक रहेको बताए । मन्त्रीले बजेट विनियोजन गर्दा ठूलासाना सबै राजनैतिक दलका नेताहरु बसेर छलफलका आधारमा बजेट बिनियोजन गर्दा सकरात्मक हुने समेत उल्लेख गरे ।
नागरिक उनमुक्ति पाटीका सांसद अरुण चौधरीको प्रश्न : चाइनाको यदि तयारीले पुग्छ ? मन्त्री लिम्बुले सांसद अरुण चौधरीको जवाफमा लामो समयमा छलफल गराउँदा खर्च बढी लाग्ने भएकाले छोटो समय लागू गरिएको अनुभवका आधारमा उनले उल्लेख गरेका छन् । अहिले १९ औँ एसियाली खेलमा भाग लिन जानका लागि जम्मा ६ करोड ४० लाख मात्र पैसा छ । जम्मा तीस करोड प्रस्ताव गरिएको छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषदको सदष्य सचिव र मन्त्री आँफै गएर कुरा गर्दा मन्त्रालयका कर्मचारीहरुले मन्त्रालयका खेलाडीको संख्या घटाउनेपर्ने बताएको उनको भनाइ छ ।
खेलाडीलाई खेलाउन लाने ठाउँ नभएको उनले बताए । सरकारले नेपालमा खेलाडीहरुलाई पैसा दिएर अटाउने ठाउँ नभएको उनले टिप्पणी गरे । खेलकुद मन्त्रालयको बजेटका वारेमा सांसदहरुले उठाएको प्रश्न जायज भएको भन्दै बजेट थप गर्ने विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीसंग छलपलफ गर्ने पनि बताए ।
एक सांसदको प्रश्न : बजेट दुब्लो पातलो ,के हो?
यस विषयमा आँफूले सक्दो सहयोग गरेको मन्त्री लिम्बुले बताए । २०७० सालमा संविधान संभा सदष्य भएर संसदमा आउँदा आँफूले पनि मन्त्रीहरुलाई यस्तै प्रश्न सोध्ने गरेको बताए ।
मागेको ठाउँमा बजेट छैन मकवानपुरलाई हेप्ने हो ?
यस विषयमा मन्त्रीले कागतालि पर्योहोला जवाफ दिए ।
राष्ट्रिय स्वतन्त्र पाटिकी सांसद सुमना श्रेष्ठको प्रश्नः अन्र्तमन्त्रालयसंग कतिको समन्वयन छ ?
मन्त्रालयहरुसंग सहकार्य नगरि एउटा मन्त्रालयले मात्र केही गर्न नसक्ने खेलकुद मन्त्री लिम्बुले बताए । उनले जुन मन्त्रालयसंग सहकार्य गर्न सजिलो हुन्छ,त्यही मन्त्रालयसंग सहकार्य गरेर काम गर्न सकिने बताए । उनले जहाँ जहाँ युवा तथा खेलकुद मन्त्रालयसंग सम्बन्धित बजेट रहेको छ त्यो मन्त्रालयहरुसंग सहकार्य गरेर अगाडी बढ्ने विश्वास दिए । त्यस्तो अवस्थामा थप प्रभावकारी हुने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद डां तोसिमा कार्कीको प्रश्न ः ललितपुरमा ए डिबिजन खेल्ने खेलाडीहरु यहीँ छन बजेट खोई ?
स्वरोजगार कोषको वारेमा प्रश्न, पार्ट टाइम जबको बारेमा उठाएको प्रश्नमाथि जवाफ दिदैँ युवा तथा खेलकुद मन्त्तीले महत्वपूर्ण कुरा उठाएको प्रति धन्यवाद दिए । सकेसम्म डा. तोसिमा कार्कीले उठाएको कुरा कार्यान्वयन गर्न प्रयास गर्ने उनले बताए ।
सांसद भगवती चौधरी :दुबी पाँच थरमा बनेको रंगशालाकालागि सानो बजेट छ के हो ?
दुबीमा बनेका दुईवटा रंगशाला भएको कुरा एकिन नभएको खेलकुदमन्त्री लिम्बुले बताए ।
दुबिमा बनेको एउटा रंगशालामा दुबि नगरपालिकाले आयोजना गरको कार्यक्रममा गएर अवलोकन गर्दा सहभागिहरु उत्साहपूर्वक सहभागि भएको र फलामको प्पाराफिट बनाएका कारण त्यँहाको पूर्वाधार व्यवस्थित नभएको उनले बताए ।
त्यहाँको भौतिक अवस्था सुधार्नका लागि खेलखेलेको दृष्य राष्ट्रिय खेलकुद परिषदमा पठाएर बजेट विनियोजन गरेर सुधार्नुपर्ने पक्षमा आँफू रहेको बताए ।
सांसद मिना जैस्वाल : नारायणी रंगशाला कहिले अवलोकन गर्नुभएको छ ?
यस रंगशाला पर्शा विरगंन्जका लागि १ सय पचास लाख व्यावस्थापन गरेको खेलकुदमन्त्रीले बताए । यसको उचित सदुपयोग गर्दै त्यस रंगशालको मर्मतसंभारमा टेवा पुग्ने उनको भनाइ छ ।
एक सांसदको प्रश्न : सिन्धुलीमा पैसा छैन ? के गर्ने होला ?
खेलकुदमन्त्रीले जवाफमा यस विषयमा बसेर छलफल गर्ने बताएका छन् । उनले भने इमान्दारीपूर्वक कुरा गर्ने नसकिएको अवस्थामा सुधार्ने बताए ।




