अर्थ

दोहोरो अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार

काठमाडौ। बिहीबार चौथो कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स १.५५ अंक। फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

आज १३ मध्ये १२ उप परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

आज शिवम् सिमेन्ट्स कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

बिहीबार नेपाल ल्यूब आयलको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ। सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *