अर्थ

नेप्सेमा ४५.३६ अंकको गिरावट, ५ अर्ब ७६ करोडको कारोबार

काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको छ । बुधबार ४५.३६ अंकले घटेर नेप्से २५५९.५९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर ५ अर्ब ७६ करोड २७ लाख एक हजार ११० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

आज सांग्रिला डेभलपमेन्ट बैंकको डिभेन्चर ८७ को शेयर सबैभन्दा बढी ७.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज प्रभु इन्सुरेन्सको शेयर मुल्य सबैभन्दा बढी ६.१२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २६ करोड १६ लाख र युनियन हाइड्रोको २४ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *