अर्थ

एनआइसी एसिया बैंकको सिईओ रोशन न्यौपानेले दिए राजीनामा

काठमाडौँ । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बुधवार (हिजो) न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।आज बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको बैंकका सूचना अधिकारी अर्जन खनियाले जानकारी दिए ।

खनियाका अनुसार स्वास्थ्यमा आएको समस्याका कारण न्यौपानेले सीईओ पदबाट राजीनामा दिएका हुन् ।

यससँगै बैंकका कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई नियुक्त गरिएको छ ।

बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राठीलाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *