काठमाडौं । एनएमबि बैंकले ३ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा बैंकले ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा भने ४६.२२ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा पनि बैंकले २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ६४.४६ प्रतिशत वृद्धि भई ५ अर्ब ३५ करोड २ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, नेट फि तथा कमिसन आम्दानी पनि २१.६२ प्रतिशत वृद्धि भई २ अर्ब १८ कोड १७ लाख रुपैइाँ कायम भउको छ । कुल संचाल आम्दानी १४.३४ प्रतिशत बढेर १० अर्ब ८८ कोड १६ लाख र इम्पेयरमेन्ट चार्ज घटेर ९५ करोड ८० लाख रुपैयाँ कायम भएको छ । यसकारण नै बैंकको खुद नाफामा बढोत्तरी देखिएको हो ।
यता, वितरणयोग्य नाफा पनि १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा बैंकको यस्तो नाफा ९ करोड ३८ लाख रुपैयाँ ऋणात्मक थियो ।
यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई १०.४१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १७.९० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.६८ रुपैयाँ कायम भएको छ ।
हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १४ अर्ब ३१ करोड ६० लाख रुपैयाँ राखेको छ ।
बैंकको खराब कर्जा ३.७२ प्रतिशत छ । जबकि, अघिल्लो आवमा ३.४० प्रतिशत थियो ।
बैंकको व्यवसाय पनि निकै आक्रामक रुपमा बढेको देखिन्छ । गत आवमा बैंकको निक्षेप २५.४५ प्रतिशत बढेर २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि १७.९२ प्रतिशत बढेर २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।




