काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
यसअघि १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।
उनीहरुलाई प्रहरीले कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेको थियो । सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले निष्कर्ष निकालेको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीले जनाएको छ ।




