अर्थ

एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ ।सुनको मूल्य १३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ३२ हजार ७०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने तोलाको एक लाख ३२ हजार ५ मा कारोबार भएको छ ।

बुधबार छापावाल सुन एक लाख ३४ हजार र तेजावी सुन तोलाको एक लाख ३३ हजार ३५० मा कारोबार भएको थियो ।

चाँदीकाे मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज तोलाको एक हजार ६१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार ६५० मा कारोबार भइरहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *