काठमाडौं । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव मिलनकुमार थापाले पशुपति क्षेत्र बिकास कोष पशुपतिमा चढाएको सुनको जलहरी १० केजी भन्दा तल नभएको बताएका छन् ।
अहिले सामाजिक संजालदेखि यत्रतत्र पशुपतिमा चडाएको सुनको जलहरीमा भ्रष्टचार भएको र त्यसको वास्तविक तौल थाहा पाउनका लागि निपष्क्ष रुपमा सरकारले लेखाजोखा गर्नुपर्ने थापाले बताए । यदि पशुपतिमा चढाएको सुनको जलहारीको वास्तविक तौल १० केजी भन्दा कम भएको अवस्थामा आँफूले भृत्युदण्ड भोग्न तयार रहेको उनको भनाइ छ ।
सरकारलाई बारम्बार सो सुनको जलहरीका वारेमा तौल लिएर वास्तविकता बाहिर ल्याउन आग्रह गरेपनि सरकारले यसको वेवास्वता गरेर आफ्नो चरित्रमाथि दाग लगाएको उनले बताए । उनले आफ्नो परिवार , समाज, आफ्नै स्तर भएकाले त्यसमाथि दाग लगाउने काम सरकारले बारम्बार गरेको बताए ।
सदस्य सचिव थापाले सो पिडाका आँसु आँखाभरि पार्दै भने, आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइनु राज्यको खराब नीति भएको बताएका छन् ।
सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरूपयोग गरेर बाँच्नु नपर्ने समेत बताए ।यो विषयमा अहिले आँफूले न्याय नपाएपछि आत्मा हत्या गर्ने बाटो नबनाउन पनि सरकारलाई आग्रह गरेका छन् ।
सुनको जलहरी समितिको संयोजक भएकाले नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार १०३ केजी ल्याएर आएको उल्लेख गरे । राज्यले निर्देशन दिएपछि सोही अनुसारको काम गर्दै आएको उनको भनाइ रहेको छ । त्यो समयमा तत्कालिन प्रधानमन्त्री केपी ओली र त्तत्कालिन राष्ट्रपति विद्या भण्डारीको निर्देशनमा शिबरात्रीभरी त्यो काम सकाउनु भनेपछि निर्देशन अनुसार काम गर्नु कसरी गलत भयो उनले भने ।
नेपाली सेना २४ घण्टासम्म सुरक्षाका लागि डियुटीमा खटिएका हुन्छन् । अब नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने भन्दै सरकारलाई उनले प्रश्न गरेका छन् । नेपाली सेनालाई सदस्य सचिवले प्रधानसेनापतिलाई सोध्दा लेख्ने कुरामा गलत भएको उल्लेख गरेको उनको भनाइ छ । प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याएकोमा ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको र १० केजी भएको छैन भनेपछि त्यो माइन्यूटमा नलेखेको मात्रै हो उनले भने ।




