अर्थ

आलु प्याजमा करः आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको बताएका छन् । यसले स्वदेशभित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरुको संघीय संसद्मा जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘सधैं आयात गरेर देश आत्मनिर्भर कहिले बन्ने रु आयात धेरै भयो भन्ने गुनासो सबैको छ । त्यसलाई कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ । आन्तरिक उत्पादन बढाउन आयातित वस्तुमा कर लगाउनुपर्छ । आन्तरिक उत्पादनलाई बढाउने कर पनि एउटा उपाय हो ।’

उनले ५० लाखभन्दा कम कारोबार गर्ने किसानलाई कर नलाग्ने समेत स्पष्ट पारे । आयात गरेर त्यो भन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने हो । चालू आर्थिक वर्षको १० महिनामा मात्रै आलुको आयात आठ अर्ब ८२ करोड भएको छ । त्यस्तै, प्याज ६ अर्ब १७ करोड र स्याउको सात अर्ब १५ करोड भएको छ । विदेशी अनुदान प्राप्त वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको कारण यस्ता वस्तुको आयात हरेक वर्ष बढ्दै गएको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *