अर्थ

पेट्रोलयम पदार्थको मुल्य नघट्ने आयल निगमको स्पष्टोक्ती

काठमाडौं । नेपाल आयल निगमले अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि मूल्य घटाउन नसकिने जनाएको हो । यसअघि घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण कायमै रहेको भन्दै निगमले तत्काल मूल्य नघट्ने जनाएको हो ।

इण्डियन आयल कर्पोरेशनसँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिति रहेको कारण देखाउँदै निगमले मुल्य नघट्ने स्पष्ट पारेको हो ।

भारतले पठाएको नयाँ मुल्यअनुसार पनि निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने विज्ञप्तीमा दाबी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *