अर्थ

बजेट प्रकरण : जनार्दन शर्मामाथिको छानविन सकियो, शुक्रबार प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तीलाई सहभागी गराएको विषयमा छानविन गर्न गठित समितिले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

बिहीबारसम्म प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिको छ ।

समितिले तयार गर्ने प्रतिवेदन सहमतिका आधारमा आउने बताइएको छ । तर समान धारणा बन्न सक्ने अबस्था भने देखिएको छैन । समितिको अवधि बिहिबार सकिदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *