काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओको आज (आइतबार) साँझ बाँडफाँड हुने भएको छ।
बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा सो आईपीओको बाँडफाँड हुने शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको हो ।
कम्पनीको निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७ सय ९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पार्नेछन् । बाँकी हुने २६ लाख भन्दाबढी लगानीकर्ताको हात खाली हुने देखिएकोछ ।
यस्तै, कम्पनीले माघ २१ गते देखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये चुक्ता पूँजीको ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित राखि बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूलाई निष्काशन गरिएको थियो ।




