काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०७८ र ७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सोहि अवधिमा नाफामा उल्लेखीय सुधार गरेको छ । चालु आ. व. को ६ महिनामा २० लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनी ९६ लाख ७२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
उक्त अवधिमा कम्पनीको कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १५ लाख ४४ हजार रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीको विद्युत बिक्रीबाचट हुने आम्दानीमा गिरावट देखिएको छ ।
गत वर्षको सोही अवधिमा १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्षको पुस मसान्तसम्ममा भने १ करोड ६४ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ ।
साथै, कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा मात्रै रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १०० रुपैयाँ २८ पैसा रहेको छ ।




