मुख्य समाचार

सुनचाँदी किन्दै हुनुहुन्छ, यस्ताे छ आजकाे बजार भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

यसैगरी, तेजावी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि शुक्रबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

चाँदीको भाउ  प्रतितोला एक हजार  ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *