अर्थ

यस्तो छ नेपालको अहिलेको आर्थिक अबस्था

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तिन महिनामा कुल बस्तु व्यापार घाटा ४ खर्ब १३ अर्ब बढि पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नेपालको अर्थतन्त्रको अबस्थाबारेको प्रतिवेदनमा व्यापारघाटा बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार गत असोजसम्म ६५ अर्ब ५ करोड रुपैयाका निर्यात भएको भएपनि आयात भने ४ खर्ब ७८ अर्ब रुपैयाको भएको छ । जसका कारण झण्डै सवा चार खर्ब रुपैया व्यापारघाटा भएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो तिन महिनासम्ममा रेमिट्यान्स समेत ७ दशमलव ६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो तिन महिनामा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयामा सिमित भएको छ । अघिल्लो वर्षको पहिलो तिन महिनामा विप्रेषण आप्रवाह १२ प्रतिशतले बढेको थियो ।

सरकारको ढुकुटीमा झण्डै ११ खर्ब रुपैया बराबरको विदेशी मुद्राको सञ्चिती रहेको छ । जुन साढे आठ महिनाका लागि बस्तु आयात गर्नपुग्ने रकम हो ।

सरकारले असोज मसान्तसम्ममा साधार खर्च १ खर्ब ८६ अर्ब र विकास खर्च १४ अर्ब ८९ करोड रुपैया खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमध्ये २ खर्ब ३४ अर्ब रुपैयामात्रै खर्च गर्न सकेको छ । भने २ खर्ब ५५ अर्ब रुपैया राजश्व संकलन गरेको छ ।

राष्ट्र बैंकका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० वटा स्थानीय तहमा बैंकका शाखा कार्यालय पुगेका छन् भने अब तिन स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *