अर्थ

हवाई भाडा बढ्यो, तिहार र छठका यात्रु मर्कामा

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् ।

वायुसेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि नै लागू हुनेगरी, काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरैप्रति यात्रु अहिलेको भन्दा ४ सय ४० रुपैयाँले भाडा वृद्धि गरेका छन् । यसैगरी, काठमाडौंबाट सबैभन्दा कम काठमाडौं– सिमारा छोटो दूरीको रुटमा प्रति यात्रु ९५ रुपैयाँ भाडा वृद्धि गरेका छन् । जसका कारण तिहार र छठका हवाई यात्रु थप मर्कामा पर्ने भएका छन् ।

वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यवृद्धि भएसँगै स्वचालित प्रणालीअनुसार हवाई कम्पनीले पनि केही भाडा बढाएको जनाएको छ । संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साबिकको तुलनामा प्रति यात्रु ३ सय ४५ रुपैयाँले भाडा बढेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *