तनहुँ । व्यासनगरपालिकाले शुक्रबार जिल्ला ट्राफिक कर्यालयलाईण ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तर गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले सवारी दुर्घटना कम गर्न सहयोग पुर्याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनालीलाई पार्किङ निषेधित क्षेत्र २५, सावारी साधन प्रवेश निषेध पाँच, गति सीमित तीन, सम्भावित सवारी दुर्घटना क्षेत्र एक, बिद्यालय क्षेत्रमा गति सीमित एक, सवारी साधन बिसौनी एक, हेभी गाडी पार्किङ एक लेखिएका सामग्री हस्तान्तरण गरेका हुन् ।
दमौली बजार क्षेत्रलाई लक्षित पहिलो चरणमा ट्राफिक व्यवस्थापनका सामग्री सहयोग सहयोगस्वरुप उपलब्ध गराइएको उनले बताएका छन् । प्रहरी उपरीक्षक मैनालीले यस्ता सचेतनामूलक बोर्डले सवारी दुर्घटनामा न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।




