काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोष रित्तिदैछ । ग्राहकलाई अझै अबौं दाबी भुक्तानी गर्न बाँकी नै छ । केही वर्षअघिसम्म नेपाल लाइफ इन्स्योरेन्स नेपालको निकै ठूलो र स्थापित जीवन बीमा कम्पनी थियो । नयाँ व्यवस्थापन टोली आएपछि कम्पनीको दूरुह दिन सुरु भएको हो भन्ने कुरा वार्षिक प्रतिवेदनमै झल्किन्छ ।
अहिलेको नयाँ व्यवस्थापन ग्राहकको सेवामा लक्षित हुन सकेको छैन् । कम्पनीको संचालक समितिको अध्यक्षमा गोविन्दलाल संघाई छन् भने अन्य संचालकमा रामअवतार अग्रवाल, कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल, कृष्णराज लामिछाने, विमलप्रसाद ढकाल र पारुल ढकाल छन् ।
बीमा शुल्क आर्जनमा कम्पनीले अन्य धेरै जीवन बीमा कम्पनीलाई पछि पारेको भएपनि कम्पनीले आफ्ना ग्राहकलाई दिने दावी भुक्तानीमा भने निकै असहयोग गर्दै आएको उसैले सार्वजनिक गरेको तथ्यांङकले देखाउछ । अन्य सबै सूचकमा कम्पनी एक नम्बर देखिएपनि दावी भुक्तानीमा सबैभन्दा कमजोर देखिएको छ ।

नेपालमा जीवन बीमा गर्ने १९ बीमा कम्पनीहरुले आर्थिक वर्ष ०७७र७८ को वित्तीय विवरण मा ४ अर्ब ६५ करोड भन्दा धेरै दावी भुक्तानी हुन बाँकी रहँदा नेपाल लाइफ एक्लैको २ अर्ब ५५ करोड दावी भुक्तानी गर्न बाँकी देखिएको छ । यो सबै जीवन बीमा कम्पनीको भुक्तानी हुन बाँकी दावीको करिब ५५ प्रतिशत हो ।
कम्पनीले प्रकाशन गरेको तथ्याङ्क अनुसार भुक्तानी हुन बाँकी दावीवापत ब्यवस्था अन्तर्गत अवधि समाप्ति, आंशिक अवधि समाप्ति दावी र मृत्यु दावी पर्दछ । उल्लेखित रकम मध्य रु १८.७२ करोड मृत्यु दावीवापत व्यवस्था गरिएको छ ।
नेपाल लाइफको भुक्तानी गर्न बाँकी रहेको दावी रकम आर्थिक वर्ष ०७६–७७ को अन्त्यसम्म १ अर्ब ६१ करोड थियो । तर आर्थिक वर्ष ०७७–७८ मा आउँदासम्म यस्तो रकम ५८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ५५ करोड पुगेको छ । पुरानो बीमा कम्पनी मध्येको एक सूर्या लाइफले पनि शतप्रतिशत भुक्तानी गर्न सफल भएकोमा अर्बौ दावी भुक्तानी बाँकी हुनु बीमा कम्पनीका लागि राम्रो मानिदैन् ।
त्यस्तै उच्च व्यवस्थापनमा सन्तोष प्रसाई प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् भने सुशील कुमार चौधरी नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।

बीमा व्यसायको पिलर भनेका बीमा अभिकर्ता हुन् । बीमा अभिकर्तालाई टार्गेट बढाएकोमा उनीहरू खुशी नभएको समाचार विभिन्न संचारमाध्यममा आएका छन् । यसरी बीमा अभिकर्तालाई निचोर्न खोज्दा नेपाल लाइफका स्थापित बीमा अभिकर्ताहरु अन्य बीमा कम्पनीमा जाने सम्भावना पनि छ।
बीमा अभिकर्ता निराश
इन्स्योरेन्सको बीमा शुल्क आर्जनको वृद्धिदर तेश्रो स्थानमा रहेको नेशनल लाइफको भन्दा पनि कम छ । नेशनल लाइफले आर्थिक वर्ष ०७७र७८ मा १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा कम्पनीको खुद बीमा शुल्क आर्जन करिब ३३ प्रतिशतले वृद्धि भएकोमा नेपाल लाइफको करिब १७ प्रतिशतले मात्र बीमा शुल्क वृद्धि गर्न सफल भएको छ ।
नेपाल लाईफले आर्थिक वर्ष ०७७–७८ मा ३१ अर्ब ९६ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा आर्थिक वर्ष ०७६–७७ मा २७ अर्ब ३४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । बीमा क्षेत्रका जानकारहरूका अनुसार नेपाल लाइफका अभिकर्तामा पहिलाको जस्तो जोस् नरहेको बुझिएको छ ।
रित्तिदै जगेडा कोष
आर्थिक वर्ष ०७३–७४ मा ४ अर्ब ७४ करोड रहेको जगेडा कोष अहिले घट्दै घट्दै १ अर्ब पुगेको छ । अन्य कम्पनीहरुको जगेडा कोष वृद्धि हुँदै गएकोमा नेपाल लाइफको भने ५ वर्षमा जगेडा कोष निकै कमजोर हुँदै गएको प्रस्ट देखिन्छ।




