काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आजदेखि आईपीओ निष्काशनमा ल्याएको छ ।
कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ ।
कम्पनीको आइपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी–आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत रहेको जनाउछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा सिद्धार्थ क्यापिटल रहेको छ ।
कति कित्ता आवेदन दिने ?
पछिल्लो समय आइपीओमा आवेदन गर्नेको संख्या करिब २१ लाख पुगिसकेका छन् । त्यसैले कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन पर्ने निश्चित रहेको छ । मागभन्दा बढी आवेदन परे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन् ।
यसकारण कम्पनीको शेयरमा पनि १० कित्ताको लागि मात्रै आवेदन गर्नु उचित देखिन्छ ।




