काठमाडौं । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विकास बखतीले निगमका अत्यावस्यक सेवा प्रवाह गर्न आगामी दिनमा थप जटिलता उत्पन्न हुने बताएका छन । सरकारले निषेधाज्ञा थप कडाइ गरेपछि अध्यक्ष बखतीले कारण सहित अत्यावस्यक सेवा प्रवाह गर्न आगामी दिनमा थप जटिलता उत्पन्न हुने बताएका हुन ।
यस्ता छन बखतीले ठम्याएका ४ कारण
१. पेट्रोलियम कारोबारमा संम्लग्न निगमका कर्मचारी, निजि पेट्रोल पम्पहरूका संचालक र कर्मचारी, टैंकर चालक तथा सह चालकहरूलाई नेपाल सरकारबाट जारी आदेश तथा सुचनामा फ्रन्टलाईनरका रूपमा स्वीकार नगर्नु ।
२. उपत्यका प्रमुख जिल्ला अधिकारीबाट २०७८/०२/११ मा जारी आदेशको ४) घ मा ईन्धन ढुवानी गर्ने सवारी साधनलाई राति ९ बजे देखि बिहान ९ बजे सम्म मात्र संचालन गर्ने भन्ने रहेकोले ।
३. निगमको पटक पटकको लिखित तथा मौखिक रूपमा पेट्रोलिएम कारोबारमा संम्लग्न निगमका कर्मचारी, निजि पेट्रोल पम्पहरूका कर्मचारी, टैंकर चालक तथा सह चालकहरूलाई कोभिड खोप लगाउन आग्रह गर्दा समेत सरकारी निकायबाट ठोस निर्णय नदिनु ।
४. विभिन्न जिल्ला कार्यालयहरूबाट जारी गरिएको निषेधआज्ञा / बन्दाबन्दी सम्बन्धि सुचनामा पेट्रोल पम्पहरू / एल पि ग्यास बिक्रेता पसल संचालनका सम्बन्धमा कुनै उल्लेख नहुनु ।
निगमबाट उपरोक्त विषयमा सम्बन्धित मन्त्रालयका सचिवज्यू तथा गृह मन्त्रालयमा थप समन्वय गरि हाम्रो उपरोक्त अनुसारको विषयमा जानकारी गराउन आवश्यक्ता रहेको महशुस गरेको छु ।
विकास बखती




