काठमाडौं । संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसले घर जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएपछि पीडामा परेका पाँचखपन नगरपालिका ९ निवासी जीवन राईलाई आर्थिक सहयोग गरेको हो । नेपाली कांग्रेसका नेता समेत रहेका पाँचखपन ९ निवासी राईको घर फागुन १ गते विद्युत सट भई जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।
संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसले नेपाली कांग्रेस संखुवासभाका पार्टी सभापति दिपनकुमार श्रेष्ठमार्फत राईलाई एक लाख ४० हजार रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम जीवन राईको नेपाल बंगलादेश बैकको शाखा कार्यालय वानामा रहेको बैक खाता नम्बर ०५४००८३३१ जम्मा भएको जनाइएको छ ।
आगलागीबाट घर जलेर क्षतिग्रसत भएपछि पीडामा परेका राईलाई उक्त आर्थिक सहयोगले थोरै भएपनि सहयोग पुग्ने अपेक्षा राखेको संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसका उपाध्यक्ष अर्जुन कार्कीले बताए । विभिन्न पीडामा परेका व्यक्तिलाई सहयोग गर्दै आएको संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसका अध्यक्ष विनोद गौलीले आगलागी पीडित राईलाई सहयोग गर्न आह्वान पनि गरेका छन ।
अमेरिका निवासी पीउस दाहाल, धर्मराज श्रेष्ठ, विनोद गौली, महिपाल घिमिरे, पदमराज तामाङ, अर्जुनकुमार कार्की, दिनेश डागी, सचिन घिमिरेलगायतले राईलाई आर्थिक सहयोग उपलब्ध गराएको संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसका सचिव दिनेश डागीले जानकारी दिए ।
विभिन्न पेशा,व्यवसाय र रोजगारी गर्दै आएका अमेरिकामा रहेका प्रजातन्त्रवादी संखुवासभालीहरुले अमेरिकाको कानून अनुसार दर्ता गरी सञ्चालन गरेको संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसले सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ ।




