काठमाडौं । चन्द्रागिरी हिल्सलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न कात्तिक २८ गते अनुमति दिएको हो ।
बोर्डले स्थानिय र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको छ । यो जारी पूँजीको १२ प्रतिशत हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई रहेको छ ।




