अर्थ

वालुवाटारमा व्यापारीलाई प्रधानमन्त्रीको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारीहरुलाई वालुवाटारमा निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न भन्दै निजी क्षेत्रका व्यापारीहरुलाई आज साँझ पाँच बजे बालुवाटार बोलाएका हुन् ।

नेपाल उद्योग वाािण्ज्य महासंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका नेतृत्वसहित तीनतीन जना पदाधिकारीलाई छलफलमा बोलाइएको छ । कोरोना संक्रमणले अर्थतन्त्रमा पारेको प्रभाव तथा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसहित अर्थ र उद्योग तथा वणिज्य मन्त्रालयका सचिवहरु पनि सहभागी हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *