विश्व

औपचारिक विजयको घोषणा नहुँदै ट्रम्पलाई मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका छन् । “मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक निर्वाचन जितेकोमा हार्दिक बधाई ।” मोदीले सामाजिक संजालमा लेखेका छन् ।

“तपाईंको अघिल्लो कार्यकालको सफलताहरू जस्तै म भारत–अमेरिकाको व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ बढाउने गरी हाम्रा सहयोगलाई अगाडि बढाउन उत्सुक छु,” मोदीले लेखेका छन्, “आउनोस् हामी हाम्रा जनताको हित, विश्वव्यापी शान्ति र स्थिरता तथा समृद्धिको लागि मिलेर काम गरौँ ।”

रिपब्लिकन पार्टीका राष्ट्रपति उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरेका छन् । उनको जितको औपचारिक घोषणा भने भइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *