विश्व

बाह्य हस्तक्षेपविना क्षेत्रीय मामिलाको निर्णय परामर्शबाट गर्नुपर्छ : चिनियाँ प्रधानमन्त्री

काठमाडौं । साङ्घाई सहयोग सङ्गठनका देशहरूले यस क्षेत्रमा देखिएका समस्याहरूलाई बाह्य देशको हस्तक्षेप विना आफ्नै ढङ्गले गर्नुपर्ने चिनियाँ प्रधानमन्त्रीले बताएका छन् । सङ्गठनको उद्देश्य यसका सदस्यहरू देशहरूले क्षेत्रीय मामिलाहरू क्षेत्र बाहिरको हस्तक्षेप बिना क्षेत्रीय देशहरूको आपसी परामर्श मार्फत निर्णय गर्ने सुनिश्चित गर्न ल्याइएको पनि प्रधानमन्त्री ली छ्याङले बिहीबार बताएका हुन्

एससीओ सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरूको परिषद्को २२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री लीले यस क्षेत्रमा संयुक्त रूपमा सुरक्षा अवरोध निर्माण गर्न र बाह्य हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *