काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्।
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले मंगलबार सानेपास्थित पार्टी केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गर्दै आफूले अबको महाधिवेशनपछि सभापति नबस्ने स्पष्ट पारे।
देउवाले भने, “घरमा सधैँ एउटै मुली रहँदैन, पार्टीमा पनि सधैँ एउटै सभापति रहँदैन।”
उनका अनुसार नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व आउँनेछ।
देउवाको भनाइ यस्तो छ
देउवाले पार्टीको भविष्य र आन्तरिक लोकतन्त्रबारे यसरी बताएका छन्–
“पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरू उठेका छन्। म साथीहरूलाई के भन्न चाहन्छु भने घरमा सधैँ एउटै मुली रहँदैन, पार्टीमा पनि सधैँ एउटै सभापति रहिरहँदैन। जहाँसम्म मेरो कुरा छ, मैले पहिले नै भनेको छु— हाम्रो वैधानिक व्यवस्था र मेरो राजनीतिक इच्छाअनुसार १५औँ महाधिवेशनबाट म पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्छु। त्यसपछि मबाहेक अरू कुनै साथी सभापति हुनेछन्, त्यसमा कुनै द्विविधा छैन।”
देउवाले यसअघि पनि पार्टीमा पुस्तान्तरण र संस्थागत लोकतन्त्रका पक्षमा रहेको बताएका थिए।उनले यो पनि जोड दिए कि नेतृत्व हस्तान्तरण प्राकृतिक, विधिवत र संगठनात्मक प्रक्रियाबाट हुनेछ।



