राजनीति

भीम रावल र मेरो आजको यात्रा संयोग मात्रै हो : कर्ण थापा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले डा.भीम रावलसँग जहाजमा भएको भेट संयोग मात्रै रहेको बताएका छन् ।

आज बिहान धनगढी जानेक्रममा डा.भीम रावल र एमाले नेता कर्ण थापा श्री एयरको जहाजमा एउटै सिटमा बसेका थिए ।

थापाले आफू बाजुरामा हुने पालिका अधिवेशनको लागि गएको बताएका छन् । रावल भने पार्टी संगठन निर्माणका लागि गृह जिल्ला अछाम गएका हुन् । थापाले उक्त यात्रालाई लिएर भ्रामक समाचार बनाइएको बताए ।

उनले यो यात्रालाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुने बताए । उनले यसअघि रावलसँग लामो समय सहयात्रा गरेको तर, अहिले आ–आफ्नो बाटोमा हिँडेको बताएका छन् ।

रावलसँगको भेटबारे थापाको भनाइ जस्ताको तस्तै

भोलीदेखि बाजुरामा हुने नेकपा एमालेका पालिका अधिवेशनको लागि म काठमाडौंबाट श्री एयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथि कक्षमा डा भीम रावलसँग भेट भयो । संयोगले सिट सँगै पर्याे र जहाजको कुनै यात्रीले फोटा खिचेर सामाजिक सञ्जाल राखेछन् । उक्त फोटो राखेर रातो पाटी अनलाइन ले भ्रामक समाचार प्रकाशित गरेको देखे । डा भीम रावल र मेरो आजको यात्रा संयोग मात्रै हो । यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुनेछ । हामी हिजो एउटै पार्टीमा रहेर लामो सहयात्रामा रह्यौ । अब हामी आफ्नो आफ्नो बाटोमा हिँडेका छौ । कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *