राजनीति

रास्वपाद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्रीसमेत रहनुभएका रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरुसम्म सहभागी थिए । सभापति लामिछानेमाथि सहकारी गठी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ ।

शुक्रबारदेखि काठमाडौँमा प्रदर्शन निरन्तर जारी रहने रास्वपाका नेताहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *