खेलकुद

नेदरल्याण्डस र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले प्रभावित, टसमा ढिलाई

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज हुने नेदरल्याण्डस र दक्षिण अफ्रिकाबीच खेल वर्षाले प्रभावित भएको छ । भारतको धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा हुने यो खेल बर्षाले गर्दा समयमा शुरु हुन नसकेको हो ।

अहिले पनि वर्षा जारी रहेकाले टस हुन सकेको छैन । यस अघि १: ४५ बजे हुनुपर्ने टस २: १५ मा हुने बताइएको भएपनि अहिलेसम्म पनि वर्षा जारी रहेकाले टस हुन सकेको छैन र मैदानमा कभरले ढाकिएको छ ।

जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले आफ्ना शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ भने नेदरल्याण्डसले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *