काठमाडौँ । अफगानिस्तानले ईङल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४९.५ ओभरमा अल आउट हुदै २८४ रन बनाएको हो ।
अफगानिस्तानका लागि ओपनर रह्मनुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाएका थिए भने इक्राम अलिखिलले ५८ रन बनाएका थिए । त्यसैगरी इब्राहिम जरदान र मुजीब उर रहमानले २८-२८ रनको महत्वपूर्ण योगदान दिएका थिए भने राशिद खानले २३, अजमातुल्लाह ओमारजाईले १९, कप्तान हशिमतुल्लाह शाहिदीले १४ रन बनाएका थिए ।
त्यस्तै ईङल्याण्डका बलर आदील राशिदले सर्बाधिक ३ विकेट लिए भने मार्क वूड़ले २ तथारीच टोप्ले, लियाम लिभिङस्टोन र जो रुटले एक एक विकेट लिए ।




