काठमाडौं । एशियन गेम्स अन्तर्गत आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ ।
चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा हुने यो खेल नेपाली समय अनुसार विहान ६: ४५ बजेदेखि शुरु हुदै छ ।
नेपालले यस अघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो । २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो ।
यस खेलमा जितेपछि नेपाल समुह ए बाट क्वाटरफाइनलमा पुग्ने छ । यस समुहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ ।
यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ । त्यस्तै समुह ‘बि ‘ मा कम्बोडिया, हङकङ र जापान, ‘सी’ मा मलेसिया, सिंगापुर र थाइल्याण्ड रहेका छन् ।
टी- २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन् । भारत, पाकिस्तान, श्रीलंकाम, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिधै प्रवेश पाएका छन् । सेमिफाइनल अक्टोबर ६ मा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।
एशियान गेम्सका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टिम रहेको छ ।
टिममा रोहित पौडेल (कप्तान), करण केसी, प्रतिष जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, बिनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, बिबेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने रहेका छन् ।




