खेलकुद

रोमाको लज्जास्पद हार

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले लज्जास्पद हार बेहोरेको छ ।

गएराती सम्पन्न खेलमा गेनोआले रोमालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

गेनोआको जितमा अल्बेर्ट गुओमुनडसन, माटेओ रेटेगुइ, मोर्टेन थोर्स्बी र जुनियर मेस्सियासले एक एक गोल गरेका थिए भने रोमाका लागि ब्रायन क्रिस्टियनले एक गोल गरेका थिए ।

यस सिजनमा रोमाको यो तेस्रो हार हो । ६ खेलमा केवल एक खेल जितेको रोमाको ५ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

त्यसैगरी गेनोआको भने ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *