खेलकुद

जापानसँग पहिलो हाफमा नेपाली महिला फुटबल टिम ५-० ले पछाडी

काठमाडौँ । १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलमा नेपालले अहिले जापानको सामना गरिरहेको छ ।

अहिले जारी खेलको पहिलो हाफको खेल सकिदा जापान ५-० गोल अन्तरले अगाडी रहेको छ ।

यस अघि एशियन गेम्सको महिला फुटबल अन्तर्गत समुह डी मा रहेको नेपालले भियतनामसँग २-० गोल अन्तरको हार बेहोरेको थियो ।

फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।

एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *