काठमाडौँ । मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले टोरन्टोमाथि फराकिलो जित हासिल गरेको छ ।
विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरन्टोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा रोबेर्ट टेलरले दुई गोल गरेका थिए भने फाकुन्डो फारियस र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । यस खेलमा रोबेर्ट टेलरले खेलको ३४औं मिनेटमा नै लियोनेल मेसीको ठाउमा मैदानमा आएका थिए ।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ३१ अंक भएको छ र १३औं स्थानमा उक्लिएको छ ।
त्यस्तै टोरन्टोको भने २९ खेलमा २२ अंक छ र १५औं स्थानमा रहेको छ ।




