काठमाडौं । भारतमा आगामी अक्टोबरदेखि हुने आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी) ले मंगलबार खेल तालिका सार्बजनिक गरेको हो ।
अक्टोबर ५ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा विश्वकप २०१९ को विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच खेल हुनेछ ।
१० टोलीको सहभागीता रहने प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ ।
विश्वकपको सबै भन्दा ठुलो खेलको रुपमा हेरिएको भारत र पाकिस्तानबीचको खेल भने अक्टोबर १५ मा अहमदावादमा हुने भएको छ । प्रतियोगितामा सहभागी १० देशले राउन्ड रोबिनका आधारमा ९-९ खेल खेल्छन् र शीर्ष चार सेमिफाइनलमा पुग्ने छन् ।





