स्थानीय तह निर्वाचन-२०७९

विराटनगरमा नागेशलाई ३,६३२ मतको अग्रता, उपमेयरमा उपेन्द्रका छोरा परे पछि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले ३,६३२ मतको अग्रता बनाएका छन् । पछिल्लो मत गणनाअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले १४ हजार ९४४ मत पाएका छन् ।

कोइरालालाई पछ्याइरहेका एमालेका सागर थापाले ११ हजार ३१२ मत पाएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ४,६८२ मत पाएका छन् ।

उपमेयरमा भने एमालेकी शिल्पा कार्की गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवभन्दा झण्डै दोब्बर मतले अघि बढेकी छिन् । शिल्पाले १२ हजार ९२७ मत पाउँदा उनलाई पछ्याइरहेका जसपाका अमरेन्द्रले ७,७७८ मत पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *