काठमाडौं । नेपाली कांग्रेसको चितवन जिल्लाका निर्वतमान सभापति जितनारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विगतमा जस्तै कांग्रेसलाई धोका दिन नहुने बताएका छन् ।
आज बिहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले पाँच वर्षअघि गठबन्धन गरेर माओवादी नेत्री रेणु दाहाललाई जिताए पनि बाँकी प्रतिबद्धता तीन महिनामै भत्किएको र अवका दिनमा त्यस्तो हुन नदिन समेत उनको आग्रह छ । ।
ब्नबलष् न्चयगउ
आफ्नो पार्टीको सोझो सभापतिलाई ढाँट्ने काम नगर्न समेत उनले आग्रह गरेका छन । उनले भने,‘हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ त्यही गर्नुहुन्छ ।’, भोलिको दिनमा हिजोजस्तो ढाँट्ने, धोका दिने काम नहोस ।’
निर्वतमान सभापति श्रेष्ठले कांग्रेसले रेणु दाहाललगायत सिंगो गठबन्धनले जित्ने भन्दै उमेदवारी फिर्ता लिन जगन्नाथ पौडेल आग्रह गरेका छन् ।




