राजनीति

आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँः योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् ।

एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *