देश

काङ्ग्रेसकाे महाधिवेशनमा विद्युतीय भाेटिङ मेसिन प्रयाेग नहुने

काठमाडौँ ।नेपाली काङ्ग्रेसकाे भाेलि सुरु हुने महाधिवेशनमा विद्युतीइ मेसिन प्रयाेग नहुने भएकाे छ ।

आज बसेकाे केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले साे जानकारी गराएका हुन् ।‘काङ्ग्रेसलाई रूपान्तरण गर्न प्रविधिको प्रयोग गर्न जरुरी छ । तर यसपटक हामीले ब्यालेट पेपर प्रयोग गर्ने भयौं । हुन त यही हाम्रो ब्यालेट पेपर प्रयोग हुने अन्तिम महाधिवेशन हो’, शर्माले भने ।

काङ्ग्रेसको प्रचारप्रसार विभागले यसअघि १४औं महाधिवेशनका लागि भन्दै भोटिङ मेसिन प्रयोग तयार भएको जनाएको थियो । महाधिवेशनमा मतदान तीन ठाउँमा हुने भएको छ । नेपाल पुलिस क्लब, राष्ट्रिय सभा गृह र भृकुटिमण्डमा हुने छ ।

यसैगरी महाधिवेशनकाे बन्दसत्रमा तीनवटा प्रतिवेदन पेस हुने पनि उनले जानकारी दिए । आजकाे बैठकले बन्दसत्रमा पेस हुने तीन प्रतिवेदन र एक अनुमोदन प्रस्ताव सर्वसम्मतले पारित गरेको हाे ।

महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्काले पेस गरेकाे साङ्गठनिक प्रतिवेदन बैठकले सर्वसम्मबाट पारित गरेको उनले जानकारी दिए।

त्यसैगरी कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको लेखासम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित भएको हाे । यस्तै उपसभापति विमलेन्द्र निधि नेतृत्वको नीति तथा प्रशिक्षण विभागले पेस गरेको प्रतिवेदन पनि सर्वसम्मतिबाट पारित गरेको छ।

विभिन्न समयमा विधानको धारालाई निलम्बन गरिएको, बाधा अडकाउ फुकाउ र संशोधनसमेत गरिएकोले त्यसलाई अनुमोदन गर्न बन्दसत्रमा प्रस्ताव पेस हुने प्रवक्ता शर्माले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *