ताजा समाचार

दूरसञ्चार प्राधिकरणद्वारा मोबाइल सेवाका टावरमा आक्रमण नगर्न आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाका टावरमा आक्रमण नगर्न आग्रह गरेको छ। प्राधिकरणले एक विज्ञप्ती प्रकाशीत गदै मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको बताउँदै त्यस्ता कार्य बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको हो।

‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरूमा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।  नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावरलगायतका प्रणालीमा क्षति नपुर्‍याउन र त्यस्ता कार्य तत्काल बन्द गर्न अनुरोध गरेको छ ।  अज्ञात समूहले दिनहुँजसो मोबाइलका टावरमा आगजनी गरिरहेको छ। आज मात्रै काठमाडौंका दुई स्थानमा एनसेलका टावरमाथि आक्रमण भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *