खेलकुद

चेल्सीलाई हराउँदै सिटी एफए कप च्याम्पियन

म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई १-० गोलले पराजित गर्दै सिटीले आठौँपटक एफए कपको उपाधि जितेको हो ।

वेम्बेली स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन एन्टोनी सेमेन्योले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२ औँ मिनेटमा हालान्डको पासमा सेमेन्योले गरेको गोलनै सिटीलाई जित दिलाउन पर्याप्त बन्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *