काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तान ४२.५ ओभरमा अल आउट हुदै १९१ रन बनाएको हो ।
पाकिस्तानका लागि कप्तान बाबर आज़मले सर्वाधिक ५० रन बनाए भने मोहम्मद रिज़वान ४९ रनमा आउट भएका थिए ।
त्यसैगरि भारतीय बलर जसप्रित बूमराह, मोहम्मद सिराज, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा र कुलदीप यादवले २-२ विकेट लिएका थिए ।




